परराष्ट्रमन्त्री राणाको विदेश भ्रमण अनुभव : जुन देश पुगेँ,नेपालीलाई राम्रो भने

१९ असोज,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्केकी छन्।मन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश फर्केकी हुन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा बैठकबाट सो सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन्।

आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताइन्।