मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

९ कार्तिक,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

कार्यालयद्धारा  बिहिबार जारी सूचना मा चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरिएको छ ।

कानुन विपरीत जुवातास खेल्ने , भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण लगायतका कार्य नगर्न र नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

“कानुनले निषेध गरेका गतिविधि गरेरगराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।