
१० कात्तिक,काठमाडौं ।नेकपा माओवादी केन्द्रले खबरदारी सभा गर्दैछ ।सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले जनाएको छ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता,गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी,राहत वितरण,घाइतेहरुको उपचार,अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न,आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गर्नु परेको सो केन्द्रको भनाई छ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न,राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ।सभा भृकुटीमण्डपमा आयोजना हुदै छ।भने,यसअघि ११ बजे सुन्धाराको काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ ।
प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा गरिने पनि माओवादी केन्द्रले जनाएको छ।
