रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२० कार्तिक पोखरा ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

कात्तिक २ गते  पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो ।  दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।