२० कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अत्यावश्यक बाहेकका कुनै पनि भेटघाट बन्द गरिएको छ ।
ज्वरोका कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएको छ ।
हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
