कांग्रेसले तोक्यो उपनिर्वाचनका प्रादेशिक कमान्डर(सूचिसहित)

२२ कार्तिक,काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि प्रदेश,जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक,समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

बुधबार नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले नेताहरूको जिम्मेवारी निर्धारण गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

मुख्यसचिव पौडेलका अनुसार बैठकले महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा. प्रकाशशरण महत,पुष्पा भुसाल,मीन विश्वकर्मा र मधु आचार्य,एनपी साउद लगायतलाई प्रादेशिक कमान्डर तोकेको छ ।

क–कसलाई कुन प्रदेशको जिम्मेवारी ?

१) महालक्ष्मी उपाध्याय ‘डिना’ – बागमती प्रदेश
२) भीष्मराज आङ्दम्बे – कोशी प्रदेश
३) महेन्द्र यादव – मधेश प्रदेश
४) जीवन परियार – कर्णाली प्रदेश एवं गण्डकी प्रदेश
५) प्रकाशशरण महत – अन्तरपार्टी समन्वय
६) एनपी साउद – सुदूरपश्चिम प्रदेश
७) पुष्पा भुसाल – लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय
८) मीन विश्वकर्मा – प्रचारप्रसार संयोजन
९) मधु आचार्य – स्थानीय तह समन्वय
१०) नानु बाँस्तोला – सचिवालय व्यवस्थापन