
२४ कार्तिक,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एमालेको आज सचिवालय बैठक बस्दै छ।
आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने सो बैठक विषेशगरि उपनिर्वाचनका विषयमा केन्द्रित हुने पार्टी केन्द्रिय उपाध्यक्ष तथा सचिवालय सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय,सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र,लगायतका विषयमा समेत छलफल हुँदैछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने सो बैठकमा सहभागीताका लागि सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको पनि उनले बताइन् ।
