
२४ कार्तिक,काठमाडौैं।आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ।
उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुदै छ।बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो।सो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो ।सो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।प्रतियोगितामा आयोजक युएईसहित नेपाल,कुवेत र थाइल्याण्ड सहभागी छन् ।
यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
