दलित मानव अधिकार पुस्तक–२०८० सार्वजनिक

२४ कार्तिक,काठमाडौं । समता फाउण्डेसनद्वारा प्रकाशित दलित मानव अधिकार पुस्तक–२०८० शुक्रबार सार्वजनिक भएको छ ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विक,फाउण्डेसनका अध्यक्ष डा.मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए।

सार्वजनिक तथा निजी स्थानमा जातका आधारमा गरिने विभेद, छुवाछूत,निषेधका घटना भएका उजुरी दर्ता र मिलापत्र गरिएको विषय पुस्तकमा उल्लेख गरिएको छ।

त्यसैगरी पेसा,व्यवसाय तथा श्रममा जातका आधारमा गरिने विभेद,छुवाछूत,निषेधकाका घटना विवरण पनि सो पुस्तकमा समावेश गरिएको छ ।

त्यस्तै अन्तरजातीय विवाहमा घटनापीडितलाई झुठो मुद्दा लगाइको,जातका आधारमा गाली बेइज्जती,अपमान,कुटपिट,धम्कीका घटना भएको,कानुनी प्रक्रियामा गएको कानुनी कारबाही भएनभएको पुस्तकमा समावेश गरिएको छ।

धार्मिकस्थलमा जातका आधारमा विभेद,छुवाछूत निषेधका घटना लगायत ६० वटा घटनाहरूको विवरण प्रस्तुत गरिएको सो पुस्तकमा जातका आधार घटेका प्रतिनिधिमूलक घटनाहरू जसले दलित समुदायको मानव अधिकारको अवस्थामा अपेक्षित रूपमा सुधार हुन नसकेको तथ्यलाई समेत समावेश गरिएको छ।