
२, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् ।
तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए ।
तुलाधरको उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत सहभागी भएका छन् ।
