कम्बोडिया पुग्यो एमालेसहितको पाँच दलको टोली

६, मंसिर काठमाडौं । सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् ।

यस्तै, काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् ।

भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी ९इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज० को १२ औँ अधिवेशनमा भाग लिन उनीहरू त्यहाँ गएका हुन् ।