
१२, मंसिर काठमाडौं । १५ दिनभित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि उद्योगको लाइन नकाटिने भएको छ ।
केही समय अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर १५ दिनभित्र उद्योगले बक्यौता नतिरे लाइन काट्ने बताएका थिए ।
आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो भने प्राधिकरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउँदै आएको थियो ।
