१३, मंसिर जुम्ला । कर्णाली प्रदेशको जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले विरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा गर्नु भएको हो ।
साक्षरता अभियान जिल्ला समन्वय समितिको आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेर जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेशबहादुर मल्लका अनुसार जुम्लामा ९६.७ प्रतिशत नागरिक साक्षर छन् । राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसंख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।
