दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान

१६, मंसिर काठमाडौं । जारी स्थानीय तहको उपनिर्वाचनमा अहिले दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगका सचिव रबिलाल पन्थले बताए ।

कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइनसकेको उनले बताए । उनका अनुसार स्थानीय तहभन्दा वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएकाले सो आधारमा अहिलेसम्म करिब ५० प्रतिशत मत खसेको पाइएको हो ।

निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडा गरी ४१ पदका लागि मतदान भइरहेको छ ।