आजको मौसम : मुख्यतया सफा

१९, मंसिर काठमाडों । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेकोले देशको कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राती कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ । अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । 

२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।