जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

१९, मंसिर काठमाडों । जाडोमा छाला सुक्खा हुने, फुट्ने, घाउ हुने सम्भावना बढी रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने आवश्यक हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छालामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ ।

अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।जाडो याममा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ ।

धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ताप्ने परेमा विहानको घाम वीसदेखि पच्चिस मीनेटसम्म मात्र ताप्न सकिन्छ।जाडोमा घर बाहिर निस्कंदा सनब्लक क्रिम लगाउनु पर्र्छ।

यस्तो क्रिम प्रयोग गर्दा पनि उमेर र छालाको प्रकृति अनुसार फरक फरक लगाउनु पर्छ । यी क्रिम पनि छालारोग बिशेषज्ञको सुझावमा मात्र लगाउन सुरु गरी त्यही अनुसार निरन्तर लगाउनु पर्छ।जाडोमा अनुहार धुँदा पनि धेरै चिसो र धेरै तातो पानीले धुन नहुने चिकित्सक बताउँछन । यी दुवैको सट्टा मनतातो पानीले धुनाले छालाको नरमपना कायम रहन्छ ।