नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

१९, मंसिर काठमाडौं । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो।