
२३, मंसिर काठमाडौं । महिनावारी विभेदका कारणले हुने हिंसा अन्त्य गर्नका लागि आइतबार छैटौँ मर्यादित महिनावारी दिवस मनाइएको छ । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।
‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार महिनावारीको आधार’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो । मर्यादित महिनावारी मानव अधिकारको आधार र दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई मर्यादित महिनावारीका अभियानता डा. राधा पौडेलले व्याख्या गरिन् ।
महिला विकासको क्षेत्रमा अन्य क्षेत्रमा सुधार भए पनि हिंसाको कारणका विषयमा खोतलेर छलफल अझै हुन नसकेको उनले टिप्पणी गरिन् । उनले महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन रहेको सुनाइन् ।
नेपालको संविधानमा उल्लेख भएका विभिन्न हक, अधिकारहरू महिनावारीसँग जोडिएको भएपनि संविधानमा महिनावारीको बारेमा स्पष्ट रूपमा उल्लेख नगरिएको अभियन्ताहरुले बताएका छन् ।
