एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

२५, मंसिर काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा .भीष्मराज अधिकारीले जानकारी दिए

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।