
३०, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर आइतबार एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर एक हजार ८४० रुपैयाँमा कायम भएको हो ।
