
२, पुस काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् ।
मंगलबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।
उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौँ आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए ।
काठमाडौँ उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेन्डर आह्वान भइसकेको समेत उनको भनाई थियो ।
