भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

१२, पुस काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।

घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।