एमाले सचिवालय बैठक बस्दै

१८, पुस काठमाडौं। नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।