
१९, पुस काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा।प्र।०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो ।दुर्घटनामा स्कुटर पछाडी सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।
उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएका थिए । घाइते भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।
