एमालेलाई निर्णायक शक्ति बनाइने

२४, पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्त्वपूर्ण विषय समेटिएका १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेतालाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा

निर्णीत कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भने , “नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो, हामीलाई समाजवादमा जानु छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनु छ । पार्टीमा अराजकता र अनुशासनहीनता सह्य हुँदैन । अध्यक्ष ओलीले एमालेमाथि जति प्रहार गरे पनि दृढताका साथ दह्रो भएर सत्यको पक्षमा उभिने उल्लेख गरे ।