
२६, पुस काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख गरे ।
उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्र ब्युमा फसिरहेका हुन्, हामी सबैले आत्म समीक्षा गर्नुपर्ने बेलामा आएको छ ।
विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ ।
