आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२, माघ काठमाडौं । आज देशभर मौसममा आंशिक बदली भएको रही सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

तराईका केही भू(भागमा हुस्सुरकुहिरो लागेको छ । अन्य भू(भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।