
३, माघ काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् ।
बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् । यस्तो प्रावधान संघीय निजामती सेवा ऐनमा राख्न उनको आग्रह छ । संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।
बिहीबारको बैठकमा समितिले विधेयकबारे जनसंख्याविद्हरूलाई छलफलमा बोलाएको छ । जहाँ जनसंख्याविद्को रूपमा उपस्थित पूर्वनिजामती कर्मचारी ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
