
६, माघ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए।
अहिले पनि धेरै परिवार कृषिमा लागेका भएपनि ठुलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको उल्लेख गर्दै उनले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।
