
११, माघ काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ ।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जनाएका छन् ।
