शिक्षाको विकासमा तीनै तहका सरकारबिच समन्वय आवश्यक छ : मन्त्री भट्टराई

१२, माघ गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

प्रेस चौतारीले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले शिक्षा क्षेत्रको विकासका लागि तीनैवटै तहको सरकारले भूमिका खेल्नुपर्ने कुरालाई स्पस्ट व्याख्या गरेको उल्लेख गरे ।

सरकारले विसं २०८३ सम्म अनिवार्य निःशुल्क शिक्षाको अभ्यास गर्ने गरी कार्ययोजना बनाएर अघि बढेको उनले बताए ।