टिकटकको शेयर माइक्रोसफ्टले किन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत

१५ माघ, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।

उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको बताएको बीबीसीले जनाएको छ ।यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो ।त्यतिबेला एलन मस्कले टिकटक खरिद अनुमान गरिएको थियो ।

गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए।

अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान गरिएको उल्लेख छ ।