देशलाई विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

१६, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने प्रकारको शृंखला अन्त्य भएको बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा सरकारद्वारा सिंहदरवार परिसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए।