विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन : प्रधानमन्त्री ओली

२१, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएको हो ।

उनले नेपाल अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने बताए । उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने उल्लेख गरे ।

उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे।

अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढङ्गले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए ।