
२३, माघ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
