
२३, माघ काठमाडौं । नेपाल टेलिकमको रुकुमपश्चिमस्थित कार्यालयले निःशुल्क सिम वितरण गरेको छ । नेपाल टेलिकम २१ वर्ष पूरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निःशुल्क सिम वितरण गरेको हो ।
जिल्लाको सानीभेरी गाउँपालिका –९ सिम्लीमा एक टोली परिचालन गरेर निःशुल्क सिम वितरण गरेको कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १८० थान सिम वितरण गरिएको छ । यी सबै सिम प्रिपेड नम्बरका हुन् ।
सर्वसाधारण र विद्यार्थीलाई लक्षित गरेर सिम वितरण गरिएको शर्माको भनाइ छ । वार्षिकोत्सवको अवसरमा टेलिकमको सेवा सहज र सुलभ बनाउने क्रममा सदरमुकाम बाहिर गएर सिम वितरण गरिएको प्रमुख शर्माले जानकारी दिए ।
