प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

२४, माघ काठमाडौं । प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् ।

बुधबार सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मुकुन्द भुषालले जानकारी दिए। त्यस्तै उपाध्यक्षमा प्रविण  रिजाल र सुभद्रा धिताल सर्वसम्मत चयन भएका छन्।

यस्तै सचिवमा श्रीकृष्ण ढकाल,सहसचिवमा राजु नापित र उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित भएको निवर्तमान अध्यक्ष भुषालले  बताए।

सदस्यहरूमा रामेश्वर ढकाल,रामकुमार प्याकुरेल, रामकुमार अधिकारी,अमृता नेपाली,अमृत बस्नेत, पूजा सापकोटा,हरिप्रसाद सिग्देल,श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित भएको प्रेस चौतारी काठमाडौंले जनाएको छ।