झापाको एक होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

२५ माघ,काठमाडौं ।झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा एकजना युवक मृत फेला परेका छन् ।मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन्।

उनी आफ्नी केटीसाथीसँग सो होटलमा गएका थिए ।बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एक डीएसपीले बताए ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी युवती र होटल सञ्चालकलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।