मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न बन्यो बबरमहल

३०, माघ काठमाडौं । काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् ।

जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा समस्या निम्त्याउने अनुमान गरिएको छ ।

अहिले नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले डुबान प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि टोली परिचालन गरेको छ ।