पानीजहाजसम्बन्धी विधेयक समितिमा पठाइयो

६, फागुन काठमाडौं । ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्दै समितिमा पठाइएको हो ।

बैठकमा सरकारको तर्फबाट मन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०र८१ को ६५ औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।