काठमाडौँको नागार्जुनमा यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

१२, फागुन काठमाडौं । काठमाडौँको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।