
१२, फागुन झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जोड दिएका छन् ।
मुलुककै होचो भू-भाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे ।
जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डात्तोलन गरेका हुन् ।
