
१६ फागुन,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक किशोरी मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार बिहीबार साँझ ५ः३० बजेको समयमा उक्त होटलमा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा,६ बस्ने बनेपाकै एक मेडिकलमा कार्यरत २३ वर्षीया शर्मिला श्रेष्ठ रहेको पाइएको प्रहरीले बताएको छ।
घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
