
१७ फागुन,काठमाडौं । काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज शनिबार ५ घण्टा बिजुली कटौती गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणद्धारा जारी सूचना अनुसार बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट,बोसीगाउँ,बौथली,सतुङ्गल चोकलगायतका क्षेत्रमा कण्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती गर्न लागिएको हो ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ।
तोकिएको समय अगावै काम पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने पनि सूचनामा उल्लेख छ।
