कलाकार ज्योति न्यौपानेको लोक दोहोरी गीत धनमाया–मनमाया सार्वजनिक

सीता पौडेल (अर्चना)

१७ फागुन,काठमाडौं ।कलाकार ज्योति न्यौपानेको धनमाया–मनमाया लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

दुई प्रेमीबिचमा एक अर्कालाई मन पर्ने कुरा बुझ्ने र सम्बन्ध सुमधुर बनाउने गरि गरिएको बार्तालापलाई गीतका रचनाकार स्वयं न्यौपानले निकै राम्रोसँग उक्त दोहोरी गीतमा प्रस्तुत गरेका छन् ।

उत्कृष्ट शब्द संयोजन रहेको सो गीतमा रचनाकार न्यौपाने र चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ । गायिका परियारको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। सुवास रेग्मी प्रोडुसर रहेको सो गीतमा विशाल घिमिरेले निर्देशन गरेका छन् । निर्देशक घिमिरेको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ ।

उक्त गीतमा वरिष्ठ संगितकार विवि अनुरागीले संगित संयोजन गरेका छन् । भने, कलाकार न्यौपाने स्वयंले संगित भरेका छन् ।भिडियो ग्राफर अजय रेग्मीले छयांकन गरेको सो गीतलाई विन्दवासीनि म्युजिक कम्पनीबाट बजारमा ल्याइएको छ।

सामाजिक यथार्थलाई चित्रण गरिएको सन्देशमुलक यस गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ योगदान दिनुका साथै सामाजिक विसंगति र विभेदलाई चिर्दै असल सम्बन्ध निर्माणमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

कलाकार न्यौपानेका यस अघि स्याङ्जाली–झापाली, उधारो माया,पहाड–तराई, आँधीखोला लगायत दुई दर्जन भन्दा बढी लोक दोहोरी गीतहरु सार्वजनिक भइसकेका छन् ।