प्रदूषण परीक्षण फेल सवारीलाई महानगरले तिरायो जरिबाना

१९ फागुन,काठमाडौं । काठमाडौं महनागरपालिकाले सवारी प्रदूषण परीक्षण क्रममा फेल भएका सवारीसाधनलाई जरिबाना तिराएको छ ।

आइतबार टेकु क्षेत्रका सडकमा प्रदूषण जाँच गर्ने क्रममा फेल भएका सवारीलाई महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त टोलीले जरिवाना तिराइएको हो ।

महानगर प्रहरीका अनुसार ४० सवारीसाधन जाँच गर्दा २२ सवारीसाधन फेल भएका छन् । प्रदूषण परीक्षण फेल भएका सवारीसाधनलाई ५ सय रुपैयाँका दरले जरिबाना गरिएको छ ।