
१९, फागुन काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य विगत तीन दिनदेखि स्थिर छ । सोमबार सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
