ओली अब्बल राजनेता र कुशल रणनीतिकार : पूर्वराष्ट्रपति भण्डारी

१९, फागुन काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको विशिष्ट राजनीतिज्ञ भएको बताएकी छन् ।

‘केपी शर्मा ओलीस् सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको सामाजिक आर्थिक समृद्धि अभियानको कुशल नेतृत्वकर्ता भएको बताइन् । उनले भने, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो ।

त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लागि खेल्नुभएको भूमिकालगायतमा देखिएको उहाँको हुटहुटी मैले नजिकबाट नियालेको छु ।’

अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका धनी रहेको भन्दै प्रधानमन्त्री ओली अब्बल राजनेता भएको बताइन्