
२०, फागुन काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा संवेदनशील मुटु स्वास्थ्य सुरक्षा प्रवर्द्धन सम्बन्धी चारदिने कार्यक्रम शुरु भएको छ। बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा द्वारा आयोजित उक्त विशेष कार्यक्रम यहि फाल्गुन १९ गते देखि शुरु भएको हो ।
प्रत्येक दिन नगरपालिका भित्र बिभिन्न फरक फरक पेशा र कार्यमा आबद्व नागरिक हरुलाई कार्यक्रममा सहभागि गराईने महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिए ।
कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइराला लगायतका बरिष्ठ चिकित्सकहरुले मुटु सम्बन्धि विशेष प्रस्तुति दिने गरि कार्यक्रम संचालन हुनेछ ।
