काठमाडौँमा भूकम्पको धक्का

२४, फागुन काठमाडौं । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा आज शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको हो ।

तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ र आसपासका जिल्लामासमेत महसुस भएको छ। आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।